काठमाडौं । आर्थिक वर्ष २०८९/८० को तेस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरुको निष्क्रिय कर्जा अत्यधिक बढेको देखिएको छ । बैंकहरुले सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको विवरण अनुसार निष्क्रिय कर्जा पछिल्लो ९ महिना अवधिमा सर्वाधिक ३.५७ प्रतिशत विन्दु सम्मले बढेको देखिएको हो ।
हाल सञ्चालनमा रहेका २१ वाणिज्य बैंकमध्ये २ वटाको निष्क्रिय कर्जा ३ प्रतिशत विन्दु भन्दा धेरैले बढेको छ । त्यस्तै, ८ वटाको २–३ प्रतिशत विन्दुसम्म, ४ वटाको १–२ प्रतिशत विन्दुसम्म, ६ वटाको ०–१ प्रतिशत विन्दुसम्म बढेको छ । एउटा बैंकको भने अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको तुलनामा स्थिर रहेको छ ।
हिमालयन बैंकको निष्क्रिय कर्जा सर्वाधिक ३.५७ प्रतिशत विन्दुले बढेको छ । अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ०.९९ प्रतिशत रहेको उक्त दर चालु आर्थिक वर्षको सोही समयमा ४.५६ प्रतिशत पुगेको छ । त्यस्तै, अघिल्लो आर्थिक वर्षको चैतसम्ममा ०.९६ प्रतिशत रहेको कुमारी बैंकको निष्क्रिय कर्जा यस वर्षको सो अवधिसम्म आउँदा ३.०१ प्रतिशत विन्दुले बढेर ३.९७ प्रतिशत पुगेको छ ।
सिद्धार्थ बैंक, ग्लोबल आइएमई बैंक, प्रभू बैंक, सिटिजन बैंक, सनराइज बैंक, प्राइम कमर्सियल बैंक, नेपाल बैंक र कृषि विकास बैंकको क्रमशः २.८३, २.५१, २.२७, २.२६, २.२५, २.१२, २.१ र २.०३ प्रतिशत विन्दुले निष्क्रिय कर्जा बढेको छ । त्यस्तै, सानिमा बैंकको १.८९ प्रतिशत विन्दु, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १.७४ प्रतिशत विन्दु र एनएमबी बैंक र माछापुच्छ«े बैंकको १.५÷१.५ प्रतिशत विन्दुले उक्त अनुपात बढेको छ ।
नेपाल एसबीआई बैंक, राष्ट्रिय वाणिज्य बैंक, लक्ष्मी बैंक, स्ट्ण्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंक, एनआईसी एशिया बैंकको निष्क्रिय कर्जा अनुपात क्रमशः ०.८३, ०.८१, ०.७४, ०.५४, ०.४४ र ०.३४ प्रतिशत विन्दुले बढेको छ ।
२०७८÷७९ को चैतसम्ममा १.१४ प्रतिशत रहेको नबिल बैंकको निष्क्रिय कर्जा अनुपात यस वर्षपनि उत्ति नै रहेको छ ।



