images
images

९ महिनामा ८ विकास बैंकले कमाए ३ अर्ब ८९ करोड नाफा, कुन बैंकको कति ? 


  • 449
    SHARES
  • २०८० बैशाख ७ गते बिहीबार

    ९ महिनामा ८ विकास बैंकले कमाए ३ अर्ब ८९ करोड नाफा, कुन बैंकको कति ? 

    काठमाडौं ।  राष्ट्रिय स्तरका ८ विकास बैंकले चालु आर्थिक बर्षको ९ महिनाको अवधिमा ३ अबए ८९ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा ८ बैंकहरुले कुल ३ अर्ब ८९ करोड २५ लाख ७७ हजार २ सय ९८ रुपैयाँ बराबरको नाफा कमाएका छन् । गत आर्थिक बर्षको सोही अवधिमा बैंकहरुको नाफा ५ अर्ब २७ करोड २२ लाख ५७ हजार ९ सय ९७ रुपैयाँ रहेको थियो । यो गत बर्षको तुलनामा २६.१६ प्रतिशतले कम हो । 

    बैंकहरुले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ८ वटा विकास बैंकहरुले मध्ये १ बैंकले अघिल्लो आर्थिक वर्षको भन्दा बढी नाफा कमाएको छ । यसरी नाफा वृद्धि गर्न सफल भएको बैंकमा शाइन रेसुङ्गा डेभलपेमन्ट बैंक रहेको छ । 

    चालु आर्थिक वर्षको ९ महिनामा सबैभन्दा धेरै नाफा वृद्धि शाइन रेसुङ्गा डेभलपेमन्ट बैंकले गरेको छ । सो बैंकले गत बर्षको तुलनामा १४.३८ प्रतिशत नाफा बढाएर ५५ करोड ४५ लाख १ हजार रुपैयाँ पुर्याएको छ ।  गतवर्षको सोही अवधिमा बैंकले ४८ करोड ४७ लाख ५५ हजार रुपैयाँ नाफा कमाएको थियो । 

    ७ विकास बैंकको नाफा घट्यो

    बैंकहरुले सावर्जनिक गरेको विवरण अनुसार ७ बैंकको नाफा घटेको छ । यसरी नाफा घट्नेमा ज्योति विकास बैंक, कामना सेवा विकास बैंक, महालक्ष्मी विकास बैंक, लुम्विनी विकास बैंक ,गरिमा विकास र  मुक्तिनाथ विकास बैंक र सांग्रिला विकास बैंक रहेका छन् । 

    यसमा सवैभन्दा धेरै घट्नेमा ज्योति विकास बैंक रहेको छ । ज्योति विकास बैंकको नाफा ६०.९० प्रतिशतले घटेको छ ।  बैंकले ८ महिनाको अवधिमा २० करोड १६ लाख १८ हजार नाफा आर्जन गरेको छ  भने गत बर्षको सोही अवधिमा बैंकले ५१ करोड ३७ लाख ३२ हजार नाफा आर्जन गरेको थियो । 

    त्यस्तै, कामना सेवा विकास बैंकको नाफा ३९.४१ प्रतिशतले घटेको छ । बैंकले ३० करोड ५६ लाख ७९ हजार रुपैयाँ नाफा रहेको छ । गत बर्षको सोही अवधिमा बैंकले ५० करोड ४५  लाख ३३ हजार नाफा कमाएको थियो । 

    महालक्ष्मी विकास बैंकको नाफा ४६.९५  प्रतिशतले घटेको छ ।  यसअवधिसम्ममा बैंकले ३७ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको हो । गत वर्षको यसै सोहीमा बैंकले ७१ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

    त्यस्तै, मुक्तिनाथ विकास बैंकको नाफा २१  प्रतिशतले घटेको छ ।  यसअवधिसम्ममा बैंकले ८० करोड ६२ लाख ८४ हजार रुपैयाँ नाफा कमाएको हो । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब २ करोड ६ लाख २७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

    सांग्रिला विकास बैंकको नाफा ३८ प्रतिशले घटेको छ । बैंकले २४ करोड ६१ लाख ४८ हजार नाफा कमाएको छ । गत बर्षको सोही अवधिमा बैंकले ४० करोड ६ लाख ८५ हजार नाफा कमाएको थियो । 

    त्यस्तै, लुम्विनी विकास बैंकको नाफा १६.९२ प्रतिशले घटेको छ । बैंकले ४६ करोड ८१ लाख ५१ हजार नाफा कमाएको छ । गत बर्षको सोही अवधिमा बैंकले ५१ करोड ६ लाख ५२ हजार नाफा कमाएको थियो । 

    गरिमा विकास बैंकको नाफा २६.१६ प्रतिशले घटेको छ । बैंकले ९३ करोड १२ लाख ४४ हजार नाफा कमाएको छ । गत बर्षको सोही अवधिमा बैंकले १ अर्ब १२ करोड ९ लाख ८५ हजार नाफा कमाएको थियो ।

     


    images
    images

    Logo