images
images

प्रभु बैंकको नाफा ११ प्रतिशतले बढ्यो,  यस्ता छन् अन्य सुचक


  • 339
    SHARES
  • २०८० बैशाख ७ गते बिहीबार

    प्रभु बैंकको नाफा ११ प्रतिशतले बढ्यो,  यस्ता छन् अन्य सुचक

    काठमाडौं । प्रभु बैंकको नाफा ११.५२ प्रतिशत वृद्धि भएको छ । चालू आर्थिक वर्षको पहिलो ९ महिनामा सो बैंकले १ अर्ब ९५ करोड रुपैयाँ नाफा आजन गरेको छ ।  यो गतवर्षको तुलनामा ११.५२ प्रतिशत बढी हो। गतवर्ष बैंकको यस्तो नाफा १ अर्ब ७५ करोड रुपैयाँ रहेको थियो । 

     बैंकले यस त्रैमासमा ६ अर्ब ६८ करोड खुद ब्याज आम्दानी गरेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब ३२ करोड रुपैयाँ गरेको थियो । 

    बैंकको वितरणयोग्य नाफा १८ करोड २९ लाख ५६ हजार रुपैयाँले ऋणात्मक रहेको छ । बैंकले २ अर्ब ७१ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । बैंकको जगेडा कोषमा १० अर्ब २७ करोड रुपैयाँ रहेको छ । 

    २ खर्ब ७७ अर्ब निक्षेप संकलन गरी २ खर्ब ४२ अर्ब कर्जा परिचालन गरेको छ । समीक्षा अवधिसम्म बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर ३.४८ प्रतिशत पुगेको छ । ईपीएस घटेर ११.०७ रुपियाँ कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४२.८५ रुपैयाँ रहेको छ । 


    images
    images

    Logo