काठमाडौं । एनएमबि बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा २ अर्ब ६८ करोड नाफा कमाएको छ । यो नाफा गतवर्षको तुलनामा ०.६५ प्रतिशत बढी हो । गत वर्ष बैंकको यस्तो नाफा २ अर्ब ६६ करोड रुपैयाँ रहेको थियो ।
चैतसम्ममा बैंकको ब्याज आम्दानी ६ अर्ब ४८ करोड रुपैयाँ रहेको छ भने सञ्चालन आम्दानी ८ अर्ब ६ करोड रुपैयाा रहेको छ । सो अवधिसम्ममा बैंकको वितरणयोग्य नाफा ७२ करोड ८८ लाख रुपैयाँ रहेको छ।
त्यस्तै चैतसम्ममा बैंकको जगेडा कोषमा ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । निक्षेप १ खर्ब ९७ अर्ब र कर्जा १ खर्ब ८५ अर्ब रुपैयाा रहेको छ । ९ महिनामा बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ४७ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ५२ रुपैयाँ २ पैसा रहेको छ।