images
images

घट्यो प्राइम कमर्सियल बैंकको नाफा, अन्य सुचक कस्तो छ ?


  • 538
    SHARES
  • २०८० बैशाख ७ गते बिहीबार

    घट्यो प्राइम कमर्सियल बैंकको नाफा, अन्य सुचक कस्तो छ ?

    काठमाडौं । आर्थिक वर्षको तेस्रो त्रैमासमा प्राइम कमर्सियल बैंकको नाफा घट्न पुगेको छ । चैत मसान्तसम्ममा बैंकले २ अर्ब ४६ करोड नाफा कमाएको छ । यो गत वर्षको तुलनामा ९.३५ प्रतिशत कम हो। गत वर्ष यस्तो नाफा २ अर्ब ७२ करोड रुपैयाँ रहेको थियो । 

    सो अवधिमा बैंकको वितरणयोग्य नाफा ३० करोड १५ लाख रुपैयाँ रहेको छ। बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ४७ करोड पुगेको छ भने सञ्चालन आम्दानी ६ अर्ब ५५ करोड पुगेको छ । 

    बैंकको आम्दानीहरु बढेता पनि इम्पेरमेन्ट चार्ज र बैंकको निष्क्रिय कर्जा बढेकाले बैंकको नाफामा धक्का लागेको हो । सो अवधिमा बैंकको निष्क्रिय कर्जा ३.०६ प्रतिशत रहेको छ भने इम्पेरमेन्ट चार्ज ९९ करोड पुगेको बैंकले जनाएको छ । 

    सोही अवधिमा बैंकको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ९६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ४७ रुपैयाँ ४१ पैसा रहेको छ।


    images
    images

    Logo