काठमाडौं । एभरेष्ट बैंकको खुद नाफा करिब ६३ प्रतिशत वृद्धि भएको छ । चालू आर्थिक वर्षको पहिलो ९ महिनामा सो बैंकले २ अर्ब ४६ करोड रुपैयाँ खुद आम्दानी गर्दै उक्त वृद्धि हासिल गरेको हो । अघिल्लो वर्ष नाफाको यो आकार १ अर्ब ५१ करोड थियो ।
बैंकले यो अवधिमा साढे १६ अर्ब ब्याज आम्दानीसहित खुद ब्याज आम्दानी ५ अर्ब ५८ करोड पुर्याएको छ । त्यस्तै खुद कमिसन आम्दानी झण्डै ७५ करोड आम्दानीसँगै खुद ब्याज र कमिसन आम्दानी ६ अर्ब ३३ करोड कायम भएको छ ।
यो अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपात बढे पनि यो १ प्रतिशतको सीमाभन्दा तल नै छ । सोही कारण बैंकले इम्पेरपमेन्ट चार्जबापत ५५ करोड छुट्टाएको छ ।
यो अवधिमा बैंकले कर्मचारीमा १ अर्ब ६९ करोड र सञ्चालनमा ६२ करोड खर्च गरेको छ । बैंकले यो अवधिसम्म १ खर्ब ८६ अर्ब निक्षेप संकलन गरि १ खर्ब ६० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
यो अवधिमा बैंकले गरेको खुद आम्दानी प्रतिशेयर ३०।७४ रुपैयाँ हो । बैंकसँग हाल १० अर्ब ६९ करोड चुक्ता पुँजी छ । बैंकसँग १२.२२ प्रतिशत बराबरको पुँजीकोष अनुपात, ०.७० प्रतिशत निष्क्रिय कर्जा, ८.०९ प्रतिशत पुँजीकोष लागत र ९.९४ प्रतिशत आधारदर रहेको छ । बैंकको ब्याजको स्प्रेडदर ४.२० प्रतिशत छ ।
यो अवधिमम बैंकको वितरणयोग्य नाफा नै ३ अर्ब ३६ करोड छ । यो प्रतिशेयर करिब ३१ रुपैयाँ हो ।



