काठमाडौं । आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सिद्धार्थ बैंकको नाफा २८.६५ प्रतिशतले घटेको छ । आर्थिक वर्षको चैतसम्ममा बैंकले १ अर्ब ४९ करोड रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकको यस्तो नाफा २ अर्ब ८ करोड रुपैयाँ रहेको थियो ।
सो अवधिमा बैंकको बैंकको वितरण योग्य मुनाफा ४५ करोड ६६ लाख रुपैयाँ ऋणात्मक रहेको छ। ६ अर्ब ७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गतवर्षको तुलनाम २७।६१ प्रतिशत बढी हो । ब्याज आम्दानी बढेतापनि बैंकको निष्क्रिय कर्जा बढी इम्पेरमेन्ट चार्ज बढेका कारण नाफामा गिरावट आएको हो ।
चैत मसान्तसम्ममा बैंकको निष्क्रिय कर्जा ३।९५ प्रतिशत पुगेको छ भने इम्पेरमेन्ट चार्ज २ अर्ब १६ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ । सो अवधिमा बैंकको प्रतिशेयर आम्दानी १४ रुपैयाँ १० पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ६३ रुपैयाँ २८ पैसा रहेको छ।



