काठमाडौं । नेपाल एसबिआई बैंकले १ अर्ब ८० करोड नाफा कमाएको छ । बैंकको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार सो रकम बराबरको नाफा कमाएको हो । यो गतवर्षको तुलनामा ३८.७१ प्रतिशत बढी हो । गत वर्ष यस्तो रकम १ अर्ब ३० करोड रुपैयाँ रहेको थियो ।
चैत मसान्तसम्मा बैंकको जगेडा कोषमा ७ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । सो अवधिमा बैंकको १ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने कर्जा लगानी १ खर्ब २० अर्ब रुपैयाँ रहेको छ । निष्क्रिय कर्जा ०.९७ प्रतिशत पुगेको छ।
सो समयमा बैंकको प्रतिशेयर आम्दानी २३ रुपैयाँ ७६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ७८ रुपैयाँ ४७ पैसा रहेको छ