images
images

६७ प्रतिशतले बढ्यो निफ्राको नाफा, ईपीएस कति पुग्यो ?


  • 562
    SHARES
  • २०८० बैशाख ६ गते बुधबार

    ६७ प्रतिशतले बढ्यो निफ्राको नाफा, ईपीएस कति पुग्यो ?

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफा ६७.२८ प्रतिशतले बढेको छ । आर्थिक वर्षको चैतसम्ममा बैंकले १ अर्ब १६ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकको यस्तो नाफा ६९ करोड ४५ लाख रुपैयाँ रहेको थियो । 

    चैत मसान्तसम्मा बैंकको खुद व्याज आम्दानी २ अर्ब ४४ लाख रुपैयाँ रहेको छ । गत वर्ष सोही अवधिमा यो रकम १ अर्ब २९ करोड रुपैयाँ रहेको थियो । यो गत वर्षको तुलनामा ५५.२२ प्रतिशतले बढि हो । सो अवधिमा बैंकको सञ्चालन नाफा ६७.३१ प्रतिशतले बढेर बैंकले १ अर्ब ६५ करोड रुपैयाँ  पुगेको बैंकले जनाएको छ ।

    सो अवधिमा बैंकको जगेडा कोष ४१ं.२९ प्रतिशत बढेर १ अर्ब ९८ करोड पुगेको छ। त्यस्तै, बैंकको निक्षेप ९९.१२ प्रतिशत बढेर ७९ करोड ६८ लाख रुपैयाँ पुगेको छ भने कर्जा ८४.८६ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

    सो समयमा बैंकको प्रतिशेयर आम्दानी ७ रुपैयाँ १७ पैसा रहेको छ भने  छ भने बैंकको प्रतिशेयर नेटवर्थ १ सय ९ रुपैयाँ १९ पैसा रहेको छ ।


    images
    images

    Logo