काठमाडौं । नेपाल बीमा प्राधिकरणले तोकिएको न्युनतम चुक्त पुँजी नपुर्याउने बीमा कम्पनीहरुका लागि समय थप गर्ने भएको छ । प्राधिकरण सञ्चालक समितिको बैंठकले अब असारमसान्तसम्मको समय दिने निर्णय गरेको हो ।
प्राधिकरणले यस अघि बीमा कम्पनीहरुलाई २०७९ चैत मसान्तसम्ममा तोकिएको पुँजी पुर्याउन निर्देशन दिएको थियो । तर सो अवधिमा ४ वटा कम्पनीले मात्रै पुँजी पुर्याएका छन् भने बाँकी कम्पनीहरुको पुँजी प्राधिकरणले तोके बमोजिम भएको छैन ।
त्यसैले पुँजी नपुर्याएका कम्पनीहरुलाई प्राधिकरणले अब असारमसान्तसम्मको समय दिएको छ । प्राधिकरणले जीवन बीमा कम्पनीलाई न्युनतम ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ पुँजी कायम हुनुपर्ने जनाएको छ ।
जसअनुसार नेपाल लाइफ इन्स्योरेन्स, शिखर, सिद्धार्थ प्रिमियर र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले मात्रै तोकिएको पुँजी पुर्याएका छन् भने बाँकी कम्पनीले मर्जरपछि पनि पुाजि पुराउन सकेको छैन ।



