images
images

घट्यो आरएसडिसी लघुवित्तको नाफा, अन्य सूचक कस्तो छ ?


  • 278
    SHARES
  • २०८० बैशाख ५ गते मंगलबार

    घट्यो आरएसडिसी लघुवित्तको नाफा, अन्य सूचक कस्तो छ ?

    काठमाडौं । आरएसडिसी लघुवित्तको नाफा ८.८१ प्रतिशतले घटेको छ । आर्थिक वर्षको चैतसम्ममा लघुवित्तले ८ करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा लघुवित्तको यस्तो नाफा ९ करोड ४३ लाख रुपैयाँ रहेको थियो ।

    लघुवित्तले सो अवधिमा खुद ब्याज आम्दानी २९.२२ प्रतिशत बढाएर २ करोड १४ लाख रुपैयाँ पुर्याएको छ भने कुल सञ्चालन आम्दानी २६.०६ प्रतिशतले बढेर २३ करोड ५६ लाख पुगेको लघुवित्तले जनाएको छ । 

    यसरी खुद ब्याज आम्दानी र कुल सञ्चालन आम्दानी बढेतापनि सो अवधिमा लघुवित्तको निष्क्रिय कर्जा बढेर १.३७ प्रतिशत पुगेका कारण कम्पनीको नाफा घट्न पुगेको हो ।

    यस्तै, सो अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी १३ रुपैयाँ १९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय १८ रुपैयाँ ६ पैसा रहेको छ ।


    images
    images

    Logo