काठमाडौं । नेपाल राष्ट्र बैंकले २४ करोड ७० लाख रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । सोमबार बैंकले सो रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको हो ।
बैंकले २८ दिनको लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ भने ९१ दिनको ७ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । त्यस्तै, १८२ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी विल जारी गर्ने भएको छ भने ३६४ दिनको लागि ७ अर्ब रुपैयाँको ट्रेजरी विल जारी गर्ने भएको छ । ९१ दिन र ३६४ दिनको लागि जारी गरेको ट्रेजरी विल नयाँ हो ।
उक्त ट्रेजरी विल २८ दिनको जेठ २ गते परिपक्क हुनेछ भने ९१ दिनको साउन २ गते परिपक्क हुनेछ । त्यस्तै, १८२ दिनको असोज ३० गते परिपक्क हुनेछ भने ३६४ दिनको २०८१ बैशाख ४ गते परिपक्क हुनेछ ।
यो ट्रेजरी विल सोमबार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागीता हुन सक्नेछन् ।



