images
images

एकैदिन ९ अर्बले बढ्यो बैंकहरुको निक्षेप, कर्जा लगानी कति ?


  • 302
    SHARES
  • २०८० बैशाख ३ गते आइतबार

    एकैदिन ९ अर्बले बढ्यो बैंकहरुको निक्षेप, कर्जा लगानी कति ?

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकैदिन ९ अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकको विवरण अनुसार चैत २९ गते सो रकम बराबर निक्षेप बढेको हो । 

    राष्ट्र बैंकका अनुसार चैत २८ गते ५४ खर्ब ४० अर्ब रुपैयाँ रहेको निक्षेप २९ गते ९ अर्ब रुपैयाँले बढेर ५४ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ । सोही समयमा वाणिज्य बैंकहरुको निक्षेप पनि ८ अर्ब रुपैयाँले बढेर ४८ खर्ब ८ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । 

    त्यस्तै, सोही अवधिमा अन्य बैंक तथा वित्तीय संस्थाहरुको पनि १ अर्ब रुपैयाँले बढेको ६ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ । 

    राष्ट्र बैंकका अनुसार निक्षेप ९ अर्बले बढ्दा कर्जा लगानी भने २ अर्ब रुपैयाँले मात्रै बढेको छ । चैत २८ गते ४८ खर्ब २७ अर्ब रुपैयाँ रहेको कर्जा लगानी २९ गते २ अर्बले बढेर ४८ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ । 

    सो समयमा वाणिज्य बैंकहरुको कर्जा लगानी १ अर्ब रुपैयाँले बढेर ४२ खर्ब ८२ अर्ब रुपैयाँ पुगेको छ भने अन्य बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी पनि १ अर्बले बढेर ५ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ । 

    सो अवधिमा बैंकहरुको सीडी रेसियो पनि घटेको छ । चैत २९ गते बैंकहरुको सीडी रेसियो ८५.३५ प्रतिशत रहेको छ । 


    images
    images

    Logo