images
images

राष्ट्र बैंकले लघुवित्तहरुको लागि जारी गर्यो नयाँ निर्देशन, यस्तो छ कर्जासम्बन्धी व्यवस्था 


  • 333
    SHARES
  • २०७९ चैत्र ३० गते बिहीबार

    राष्ट्र बैंकले लघुवित्तहरुको लागि जारी गर्यो नयाँ निर्देशन, यस्तो छ कर्जासम्बन्धी व्यवस्था 

    काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्तहरुको लागि नयाँ निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले बिहिबार सो निर्देशन जारी गरेको हो ।

    उक्त निर्देशन अनुसार लघुवित्तहरुले पनि अब कर्जा असुलीका लागि सार्वजनिक सूचना प्रकाशित गर्दा प्राकृतिक व्यक्तिको तस्बिर प्रकाशन गर्न नपाइने व्यवस्था गरिएको छ ।

    अब लघुवित्तले असल कर्जामा गर्नु पर्ने प्रोभिजनको सीमा पनि बढेको छ । यस अघि लघुवित्तले असल कर्जामा १ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्दै आएको थियो भने  अब  १.३ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नु पर्ने राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै राष्ट्र बैंकले बिना धितो सामुहिक जमानीमा वा धितोको सुरक्षणमा लघुकर्जा प्रदान गर्दा एउटा ऋणीलाई एउटामात्र लघुवित्तले यस व्यवस्था बमोजिमको कर्जा सीमा ननाघ्ने गरी कर्जा प्रवाह गर्नु पनि निर्देशन दिएको छ ।  

    त्यस्तै अब १ लाख वा सोभन्दा बढीको बचत/निक्षेप स्वीकार गर्दा लघुवित्त संस्थाले ग्राहकलाई रकमको स्रोत उल्लेख गर्न लगाउनुपर्ने भएको छ ।


    images
    images

    Logo