काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ सचिवालयमा मिडिया डेस्क तथा ई–जीपी डेस्क सञ्चालनमा आएको छ । व्यावसायीक समस्याहरुको समाधानका लागि पहल गर्न महासंघले उक्त डेस्क सञ्चालनमा ल्याएको हो ।
२४ औं साधारणसभाबाट पारित भई सुरु गरिएको उक्त डेस्कमार्फत् बोलपत्रसम्बन्धी समस्या, बोलपत्र सूचना, क्वालिफिकेशन डकुमेन्ट र ऐन तथा नियमावलीमा भएका समस्याबारे समाधानका लागि पहल गरिने महासंघले जनाएको छ । सचिवालयमा मिडिया सम्बन्धी सहयोगका लागि निर्मल अर्याल र इजीपी सम्बन्धी समस्याका समाधानका लागि इमेश गौतमलाई सम्पर्क गर्न महासंघले अनुरोध गरेको छ ।