images
images

थप दुई लघु बीमालाई प्राधिकरणले दियो लाइसेन्स, कुन कुनले पाए ? 


  • 323
    SHARES
  • २०७९ चैत्र २९ गते बुधबार

    थप दुई लघु बीमालाई प्राधिकरणले दियो लाइसेन्स, कुन कुनले पाए ? 

    काठमाडौं । नेपाल बीमा प्राधिकरणले थप दुई लघु बीमा कम्पनीलाई लाइसेन्स दिने भएको छ । मंगलबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    यसरी लाइसेन्स पाउने कम्पनीहरुमा प्रोटेक्टिभ माइक्रो र क्रेष्ट माइक्रो लाइफ इस्योरेन्स रहेका छन् । यी दुवै कम्पनीहरुले लघु बीमा सञ्चालनका लागि चाँहिने पुँजी पुरा गरेकाले उनीहरुलाई लाइसेन्स दिने निर्णय गरेको प्राधिकरणले जनाएको छ । अब उक्त दुई कम्पनीले आगामी छ महिनाभित्रमा कारोबार सुरु गर्नुपर्नेछ ।

    हालसम्म ४ वटा लघु बीमाले लाइसेन्स पाएका छन् । यस भन्दा अघि लाइसेन्स पाउनेमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्स रहेका छन् । बाँकी रहेका कम्पनीहरुले तोकिएको पुँजी पुरा गर्न नसकेकाले लाइसेन्स पाएका छैन्न । कम्पनीहरुलाई प्राधिकरणले पुँजी जुटाउन ४५ दिनको समय थप गरिदिएको छ ।


    images
    images

    Logo