काठमाडौं । नेपाल बैंकर्ष संघले वैशाख महिनाका लागि व्याजदर घटाउने निर्णय गरेको छ । बुधबार बसेको संघको बैठक वैशाख महिनाका लागि व्याजदर १.०१ प्रतिशतले घटाउने निर्णय गरेको हो ।
संघका अनुसार माघ महिनाका लागि वाणिज्य बैंकमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत कायम हुने भएको छ । त्यस्तै मुद्दतीतर्फको ब्याजदर ७.९९ प्रतिशत कायम हुने भएको छ ।
यस्तै बचतमा न्युनतम ५.४ प्रतिशत र अधिकतम ७.४ प्रतिशत कायम गर्ने बैंठकले निर्णय गरेको छ । नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगतभन्दा संस्थागत मुद्दती खातामा २ प्रतिशत बिन्दु कम ब्याजदर दिनुपर्ने प्रावधान रहेको छ । सोही अनुसार नै व्याजदर कायम गरिएको हो ।
संघको ब्याजदर घटाउने निर्णयसँगै निक्षेपको ब्याजदर एकल अंकमा आएको छ । साे नयाँ ब्याजदर बैशाख १ बाट लागु हुनेछ ।



