काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ५२ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले मंगलबार एक सुचना जारी गर्दै क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।
राष्ट्र बैंकले क वर्गको वाणिज्य बैंकहरुमा ४१ करोड ६०, ख वर्ग राष्ट्रिय वर्गका विकास बैंकहरुमा ७ करोड ८० लाख र ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा २ करोड ६० लाख रुपैयाँ लगानी गर्ने भएको छ ।
निक्षेप लिन चाहाने इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम तथा उक्त रकमको लिनका लागि प्रस्ताव गरेको व्याजदर समेत खुलाई चैत ३० गते जानकारी गराउन बैंकले अनुरोध गरेको छ । सो निक्षेपको अवधि ३६६ दिनको हुनेछ ।