काठमाडौं । नेपाल राष्ट्र बैंकले २२ अर्ब ४६ करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । सोमबार सो रुपैयाँको ट्रेजरी विल जारी गर्ने भएको हो ।
बैंकले २८ दिनको लागि ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ भने ९१ दिनको लागि ८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । त्यस्तै, १८२ दिनको लागि ६ अर्ब ४६ करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । जसमा ६ अर्बको नयाँ हो भने ३६४ दिनको लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ ।
उक्त ट्रेजरी विल २८ दिनको बैशाख २६ गते परिपक्क हुनेछ भने ९१ दिनको असार २६ गते परिपक्क हुनेछ । त्यस्तै, १८२ दिनको असोज २३ गते परिपक्क हुनेछ भने ३६४ दिनको आगामी चैत २७ गते परिपक्क हुनेछ ।
यो ट्रेजरी विल सोमबार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागीता हुन सक्नेछन् ।



