images
images

२६ वटा सहकारीलाई कारवाही गर्ने महानगरको चेतावनी, यस्तो छ कारण


  • 367
    SHARES
  • २०७९ चैत्र २५ गते शनिबार

    २६ वटा सहकारीलाई कारवाही गर्ने महानगरको चेतावनी, यस्तो छ कारण

    काठमाडौं । ललितपुर महानगरपालिकाले २६ वटा सहकारी संस्थालाई कारवाही गर्ने चेतावनी दिएको छ । महानगरले सूचना जारी गर्दै ५ वर्ष वा सो भन्दा बढी समयसम्म प्रतिवेदन नबुझाउने सहकारीलाई कारवाही गर्ने जनाएको हो । 

    यसरी महानगरको कारवाहीमा पर्ने सहकारीहरुमा गेट बचत तथा ऋण सहकारी, निलः बहुउद्देश्यीय सहकारी, संकल्प बचत तथा ऋण सहकारी, गंगा सागर बचत तथा ऋण सहकारी,रातो मच्छिन्द्र गृहश्रमिक महिला शिपमुलक सहकारी, पासा पुचः बचत तथा ऋण सहकारी, रिद्धिसिद्धि बचत तथा ऋण सहकारी रहेका छन् । 

    त्यस्तै, सुनापाताल बचत तथा ऋण सहकारी, ईनर्जी बचत तथा ऋण सहकारी, बसुधा बचत तथा ऋण सहकारी, रिलायन्स बचत तथा ऋण सहकारी, सेफ बचत तथा ऋण सहकारी, पूर्णचण्डी बचत तथा ऋण सहकारी,  तुलजा भवानी वचत तथा ऋण सहकारी, शिरडी साई महिला वचत तथा ऋण सहकारी, सिलौटी वचत तथा ऋण सहकारी, मुद्रा वचत तथा ऋण सहकारी, सवल वचत तथा ऋण सहकारी, जेनिथ बचत तथा ऋण सहकारीलाई पनि महानगरले कारवाशी गर्ने तथारी गरेको छ । 

    त्यसैगरी, समभाव बचत तथा ऋण सहकारी, ललितपुर वातावरण सफाई सहकारी, 
     उज्येली महिला वचत तथा ऋण सहकारी, रिभर वचत तथा ऋण सहकारी, कस्मिक बहुउद्देश्यीय सहकारी, नव जागरण कषि सहकारी र खोकना पर्यटन सहकारीलाई ललितपुर महानगरले कारवाही गर्ने भएको छ । 

    उक्त सहकारीलाई प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिना भित्र साधारणसभा  बोलाउनु पर्ने, संस्थाको कारोवारको लेखा परिक्षण गराउनु पर्ने लगायतका कार्य गनुपर्नेमा उक्त २६ वटा सहकारी संस्थाहरुले ५ वर्ष भन्दा बढी समयदेखि कुनै पनि कार्य नगरेको भन्दै महानगरले कारवाही गर्ने भएको हो । 

    उक्त सहकारी हरुलाई महानगरले ३० दिन भित्र वार्षिक साधारण सभा गरी लेखा परीक्षण प्रतिवेदन सहितको विवरण शाखामा बुझाउन निर्देशन दिएको छ । यदी सो समयमा उक्त कार्यहरु नगरेका महानगरले कारवाही गर्ने चेतावनी समेत दिएको छ । 


    images
    images

    Logo