काठमाडौं । रियल टाइम ग्रस सेलमेन्ट (आरटीजीएस) प्रणाली शनिबार पनि सञ्चालन गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले एक सुचना जारी गर्दै शनिबार पनि आरटीजीएस प्रणाली सञ्चालन हुने जानकारी दिएको हो ।
बैंकका अनुसार नेपाल सरकारको राजश्व संकलन प्रयोजनको लागि शनिबार आरटीजीएस प्रणाली खुल्ला रहने भएको हो । नेपाल सरकारको राजस्व संकलन गर्ने प्रयोजनको लागि चैत २५ गते शनिवार आरआरटीजीएस प्रणाली नर्मल बिजनेश डे संचालन हुने राष्ट्र बैंकले जनाएको छ।
