images
images

७ प्रदेशबाट ९३ अर्ब ७५ करोड वीमाशुल्क संकलन, कुन प्रदेशबाट कति ? 


  • 276
    SHARES
  • २०७९ चैत्र २४ गते शुक्रबार

    ७ प्रदेशबाट ९३ अर्ब ७५ करोड वीमाशुल्क संकलन, कुन प्रदेशबाट कति ? 

    काठमाडौं । फागुन महिनामा ७ प्रदेशबाट कुल ९३ अर्ब ७५ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । सञ्चालनमा रहेका कम्पनीहरुले विभिन्न प्रदेशबाट सावधिक जीबन बीमा, अग्रिम भुक्त्तानी सावधिक जीबन बीमा, रुपान्तरि सावधिक, बालबच्चा, वैदेशिक रोजगार, आजिवन जीवन विमा, एकलबीमा, म्यादी वीमा, लघु बीमा बापत सो रकम संकलन गरेको हो । 

    कुन प्रदेशबाट कति ? 

    जीवन बीमा कम्पनीहरुले फागुन महिनामा सवैभन्दा बढी बाग्मती प्रदेशबाट बीमा शुल्क आर्जन भएको छ । कम्पनीहरुले विभिन्न बीमालेखहरुमा बाग्मती प्रदेशबाट कुल ४२ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ संकलन गरेका छन् । दोस्रोमा लुम्विनी प्रदेश रहेको छ । लुम्विनी प्रदेशले १३ अर्ब ५६ करोड ९४ लाख रुपैयाँ संकलन गरेका छन् । 

    त्यस्तै, फागुन महिनामा कोशी प्रदेशबाट ११ अर्ब २५ करोड ४३ लाख रुपैयाँ, मधेश प्रदेशबाट ८ अर्ब ५७ करोड २० लाख, गण्डकी प्रदेशबाट ९ अर्ब ३४ करोड ९ लाख रुपैयाँ, कर्णाली प्रदेशबाट ३ अर्ब ८२ करोड ५१ लाख रुपैयाँ र सुदुर पश्चिमबाट ४ अर्ब ७३ करोड ४० लाख रुपैयाँ संकलन गर्ने सफल भएका छन् । 

    beema.JPG


    images
    images

    Logo