images
images

३ अर्ब ८४ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक 


  • 291
    SHARES
  • २०७९ चैत्र २३ गते बिहीबार

    ३ अर्ब ८४ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक 

    काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ८४ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले विहीबार एक सुचना जारी गर्दै क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो । 

    राष्ट्र बैंकले क वर्गको वाणिज्य बैंकहरुमा ३ अर्ब ७२ करोड , ख वर्ग राष्ट्रिय वर्गका विकास बैंकहरुमा ५७ करोड ६० लाख र ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा १९ करोड २० लाख रुपैयाँ लगानी गर्ने भएको छ । 

    निक्षेप लिन चाहाने इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम तथा उक्त रकमको लिनका लागि प्रस्ताव गरेको व्याजदर समेत खुलाई चैत २६ गते जानकारी गराउन बैंकले अनुरोध गरेको छ । सो निक्षेपको अवधि ३७१ दिनको हुनेछ । 

     


    images
    images

    Logo