images
images

एकैदिन १० अर्बले बढ्यो बैंकहरुको निक्षेप, कर्जा लगानी भने २ अर्ब मात्रै


  • 314
    SHARES
  • २०७९ चैत्र २० गते सोमबार

    एकैदिन १० अर्बले बढ्यो बैंकहरुको निक्षेप, कर्जा लगानी भने २ अर्ब मात्रै

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाको निक्षेप एकैदिन १० अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकको विवरण अनुसार चैत १७ गते सो रकम बराबर बढेको हो । 

    राष्ट्र बैंकका अनुसार चैत १६ गते ५४ खर्ब १५ अर्ब रुपैयाँ रहेको निक्षेप १७ गते १० अर्ब रुपैयाँले बढेर ५४ खर्ब २५ अर्ब रुपैयाँ पुगेको छ । सोही समयमा वाणिज्य बैंकहरुको निक्षेप पनि १० अर्ब रुपैयाँले बढेको छ । १६ गते ४७ खर्ब ७५ अर्ब रुपैयाँ रहेको निक्षेप १७ गते ४७ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । 

    त्यस्तै, सोही समयमा अन्य बैंक तथा वित्तीय संस्थाहरुको भने १ अर्ब रुपैयाँले मात्रै निक्षेप बढेको छ । चैत १७ गते अन्य बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ६ खर्ब ४० अर्ब रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । 

    राष्ट्र बैंकका अनुसार निक्षेप १० अर्बले बढ्दा कर्जा लगानी भने २ अर्ब रुपैयाँले मात्रै बढेको छ । चैत १६ गते ४८ खर्ब १८ अर्ब रुपैयाँ रहेको कर्जा लगानी १७ गते २ अर्बले बढेर ४७ खर्ब २० अर्ब रुपैयाा पुगेको छ । 

    सो समयमा वाणिज्य बैंकहरुको कर्जा लगानी १ अर्ब रुपैयाँले बढेर ४२ खर्ब ७४ अर्ब रुपैयाँ पुगेको छ भने अन्य बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी पनि १ अर्बले बढेर ५ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ । 

    सो अवधिमा बैंकहरुको सीडी रेसियो पनि घटेको छ । चैत १७ गते बैंकहरुको सीडी रेसियो ८५.५४ प्रतिशत रहेको छ । 


    images
    images

    Logo