images
images

२८ अर्ब ५ करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, २ अर्बको नयाँ  


  • 323
    SHARES
  • २०७९ चैत्र १९ गते आइतबार

    २८ अर्ब ५ करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, २ अर्बको नयाँ  

    काठमाडौं । नेपाल राष्ट्र बैंकले २८ अर्ब ५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले सोमबार सो रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको हो । 

    बैंकले २८ दिनको लागि ४ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ भने ९१ दिनको लागि ७ अर्ब ७५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । त्यस्तै, १८२ दिनको लागि ५ अर्ब ३० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ भने ३६४ दिनको लागि ११ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । 

    उक्त ट्रेजरी बिल २८ दिनको बैशाख १९ गते परिपक्क हुनेछ भने ९१ दिनको असार १९ गते परिपक्क हुनेछ । त्यस्तै, १८२ दिनको असोज १६ गते परिपक्क हुनेछ भने ३६४ दिनको चैत २० गते परिपक्क हुनेछ ।

    यो ट्रेजरी विल सोमबार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागीता हुन सक्नेछन् ।   

     

     

     

     


    images
    images

    Logo