काठमाडौं । दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ । एनएमबी लघुवित्तले १० प्रतिशत र जीवन विकास लघुवित्तले १४.२८५ प्रतिशत बोनस वितरण गरेपछि शेयरमूल्य समायोजन भएको हो ।
बिहीबार ५६० रुपैयाँमा कारोवार भएको एनएमबी लघुवित्तको शेयरको मूल्य समायोजनपछि ५०९.०९ रुपैयाँ भएको छ । त्यस्तै, १५६६ मा अन्तिम कारोवार भएको जीवन विकास लघुवित्तको शेयर समायोजनपछि एक कित्ताको १३७०.२६ रुपैयाँ भएको छ ।
आइतबारबाट उक्त कम्पनीहरुकोे कारोवार समायोजनपछिको मूल्यमा हुनेछ ।