काठमाडौं । रावा इनर्जि डेभलपमेन्टले आईपीओ निष्काशनको मीति तय गरेको छ । कम्पनिले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि चैत २३ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि कुल २ करोड ८० लाख रुपैयाँ बराबरको २ लाख ८० हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको छ । जसमा खोटाङ्ग जिल्ला केपीलासगडी गा।पा। (साविक फेदी, खार्ताम्छा, बास्पानी, बाक्सिला, सप्तेश्वर, दिप्सुङ र सुङ्देल गाविस का सम्पूर्ण वडा बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।
त्यस्तै वैदेशिक रोजगारमा रहेका नेपाालीहरुका लागि कम्पनीले कुल ५६ लाख रुपैयाँ बराबरको ५६ हजार कित्ता छुट्याएको छ । वैदेशिक रोजगारमा रहेका नेपाालीहरुले सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ हजार ८ सय कित्ताका लागि आवेदन दिन सक्नेछन्। भने स्थानीय बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
निय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा आगामी वैशाख ७ गते हुनेछ भने ढिलोमा वैशाख २२ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने वैशाख ७ गतेभित्र आवेदन दिनु पर्नेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।



