काठमाडौं । नयाँ सारथी लघुवित्तको शेयर मूल्य समायोजन भएको छ । लघुवित्तको १९ प्रतिशत बोनस बापत नेप्सेले मंगलबार शेयर मूल्य समायोजन गरेको हो ।
समायोजन पछि सो कम्पनीको शेयर मुल्य ६ सय २६ दशमलव ८९ रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ७ सय ४६ रुपैयाँमा भएको थियो ।