images
images

तीन कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत


  • 705
    SHARES
  • २०७९ चैत्र १४ गते मंगलबार

    तीन कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । तीनवटा कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । अपि पावर, साधना लघुवित्त र आरएसडीसी लघुवित्तको बोनस शेयर मंगलबार नेप्सेमा सूचीकृत गरिएको हो । 

    अपि पावरको ७.५ प्रतिशत बोनसबापत हुने २८ लाख ८३ हजार ६ सय ८६ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । त्यस्तै, साधना लघुवित्तको १९ प्रतिशत बोनसबापत हुने ६ लाख १० हजार ३ सय २८.४५ र आरएसडीसी लघुवित्तको ८ प्रतिशत बोनसबापत हुने ६ लाख ४४ हजार १ सय २४.५९ कित्ता शेयर नेप्सेमा सूचीकृत गरिएको छ । 

    सूचीकरणसँगै उक्त कम्पनीहरुको शेयर दोस्रो बजारमा कारोवारका लागि योग्य भएको छ । 


    images
    images

    Logo