काठमाडौं । कृषि विकास बैंकको साधारणसभा आज हुँदैछ । बैंकले कृषि विकास बैंक केन्द्रीय तालिम केन्द्र, भक्तपुरमा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको छ ।
उक्तल सभाले कम्पनीले प्रस्ताव गरेको २ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनका लागि समेत ११ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
साथै, अविमोच्य असंचिति अग्राधिकार शेयरधनीहरुलाई ६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने, सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका एजेण्डा कम्पनीको रहेको छ ।