काठमाडौं । नयाँ सारथी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश पारितका लागि कम्पनीले चैत २८ गते साधारण सभा बोलाएको छ ।
कम्पनीले चुक्ता पुँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त सभा प्रयोजनका लागि कम्पनीले चैत १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।
जस अनुसार चैत १४ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने बोनस शेयर र नगद लाभांश लिन पाउनेछन् ।