काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको १ अर्ब ९३ करोड रुपैयाँ ५८ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले सोमबार सुचना जारी गर्दै क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुको मुद्धती निक्षेपमा लगानी गर्ने भएको हो ।
राष्ट्र बैंकले क वर्गाको वाणिज्य बैंकहरुमा १ अर्ब ९४ करोड ८६ लाख, ख वर्ग राष्ट्रिय वर्गका विकास बैंकहरुमा २९ करोड ४ लाख र ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा ९ करोड ६८ लाख रुपैयाँ लगानी गर्ने भएको छ ।
निक्षेप लिन चाहाने इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम तथा उक्त रकमको लिनका लागि प्रस्ताव गरेको व्याजदर समेत खुलाई चैत १७ गते जानकारी गराउन बैंकले अनुरोध गरेको छ । सो निक्षेपको अवधि ३६५ दिनको हुनेछ ।