काठमाडौं । बीमा कम्पनीहरुले शाखा खोल्नका लागि नेपाल बीमा प्रधिकरणले नयाँ व्यवस्था गरेको छ । प्राधिकरणले ‘बीमकको शाखा कार्यालय सम्बन्धी मार्गदर्शन, २०७९’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो।
बीमा कम्पनीहरुले अबदेखि काठमाडौँ उपत्यकामा थप १ शाखा सञ्चालन गर्नको लागि उपत्यका बाहिर ३ वटा शाखा सञ्चालनमा गनुपर्ने प्रधिकरणले जनाएको छ । जसमध्ये पनि कम्तीमा दुई शाखा नगरपालिका वा गाउँपालिकामा खोलिएको हुनु पर्नेछ ।
साथै कम्पनीहरुले ७ वटै प्रदेशमा प्रदेश कार्यालय अनिवार्य रुपमा खोल्नु पर्ने छ । नयाँ व्यवस्था अनुसार बीमा कम्पनीहरुको शाखा ७७ वटै जिल्लामा कम्तिमा एउटा हुनुपर्ने बताइएको छ । कम्पनीहरुले शाखा कार्यालय खोल्न स्वीकृति पाएको बढीमा दुई महिनाभित्रा कार्यालय सञ्चालन गर्नुपर्ने पनि मार्गदर्शनमा उल्लेख छ ।



