images
images

राष्ट्र बैंकले हटायो शंकास्पद कारोबारको विवरण बुझाउनुपर्ने व्यवस्था 


  • 292
    SHARES
  • २०७९ चैत्र ९ गते बिहीबार

    राष्ट्र बैंकले हटायो शंकास्पद कारोबारको विवरण  बुझाउनुपर्ने व्यवस्था 

    काठमाडौं । नेपाल राष्ट्र बैंकले शंकास्पद कारोबारको विवरण बुझाउनुपर्ने हटाएको छ ।  नेपाल राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । 

    यस अघि कुनैपनि ग्राहकले १० लाख भन्दा माथि भुक्तानी गर्नु परेमा सो विवरण राष्ट्र बैंकलाई पठाउनुपर्ने व्यवस्था रहेको थियो भने राष्ट्र बैंकले यस्तो व्यवस्थालाई हटाएको हो । यसका साथै  शंकास्पद कारोबारको विवरण तथा सूचना पनि राष्ट्र बैंकलाई जानकारी गर्नुे नपर्ने भएको हो । 

    ‘विप्रेषण गरी ल्याएको विदेशी मुद्रा र भुक्तानी गरेको रकमको विस्तृत विवरण अद्यावधिक रुपमा राख्नु पर्नेछ । प्रति ग्राहक १० लाख रुपैयाँ वा शंकास्पद कारोबारको विवरण तथा सूचना प्रचलित व्यवस्था बमोजिम नेपाल राष्ट्र बैंक, वित्तीय जानकारी इकाईमा उपलब्ध गराउनु पर्नेछ ’ परिपत्रमा भनिएको छ । 

    त्यस्तै, बैंकले “नेपाल राष्ट्र बैंक विपे्रषण विनियमावली, २०६७” बमोजिम इजाजतपत्रका लागि शुरुमा २५ हजार रुपैयाँ बैंकमा जम्मा गरि  सोको भौचर विभागमा जम्मा गराउनुपर्ने व्यवस्था पनि हटाएको छ । विप्रेषण कारोबार गर्ने बैंक तथा वित्तीय संस्था तथा विप्रेषण कम्पनीहरूले वेनिफिसियरीलाई भुक्तानी दिनुपर्ने रकम अग्रिम रुपमा प्राप्त गर्नु पर्ने वा सो बराबरको बैंक ग्यारेण्टी लिनुपर्ने व्यवस्था पनि हटाएको छ । 

    विप्रेषण कम्पनीहरू आफैं वा आफ्नो सबएजेण्ट/सबरिप्रेजेन्टेटिभहरु मार्फत् १ लाख रुपैयाँ भन्दा बढी विप्रेषण बापतको रकम भुक्तानी गर्दा अनिवार्य रुपमा बैंक खाता वा चेकमार्फत भुक्तानी गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।


    images
    images

    Logo