काठमाडौं । २ इन्स्योरेन्स कम्पनीले आजदेखि एकिकृत कारोबार सुरु गर्दैछन् । सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सले आजदेखि एकिकृत कारोबार सुरु गर्ने भएका हुन् ।
यी दुई कम्पनी बिच १ः१ को अनुपातमा मर्जमा जाने सहमति भएको छ । उक्त कम्पनीहरुले गत असार २९ गते मर्जरका लागि प्रारम्भिक सम्झौता गरेका थिए भने फागुन १८ गते नेपाल बीमा प्राधिकरणबाट अन्तिम स्वीकृति पाएका थिए ।
आजदेखि एकिकृत कारोबार गर्ने भएसँगै यी दुबै कम्पनीको शेयर कारोबार पनि रोक्का भएको छ । एकिकृत कारोबार प्रयोजनका लागि कम्पनीले बुधवारदेखि नै शेयर कारोबार रोक्का राखेको हो ।
हाल सानिमाको चुक्ता पूँजी २ अर्ब ८ करोड रुपैयाँ छ भने रिलायन्सको २ अर्ब १० करोड रुपैयाँ रहेको छ । मर्जर पछि कम्पनीको चुक्त पुँजी ४ अर्ब १८ करोड रुपैयाँ नाघ्ने छ ।



