images
images

२३ अर्ब ८३ करोडको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक, ७ अर्बको नयाँ 


  • 265
    SHARES
  • २०७९ चैत्र ५ गते आइतबार

    २३ अर्ब ८३ करोडको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक, ७ अर्बको नयाँ 

    काठमाडौं । नेपाल राष्ट्र बैंकले २३ अर्ब ८३ करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । बैंकले सोमबार सो रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको हो । 

    बैंकले २८ दिनको लागि ५ अर्ब रुपैयाँको नयाँ ट्रेजरी विल जारी गर्ने भएको छ भने ९१ दिनको लागि ५ अर्ब ५३ करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने लागेको हो ।  त्यस्तै, १८२ दिनको लागि ४ अर्ब ३० करोड बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ भने ३६४ दिनको लागि ९ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । जुन मध्ये ७ अर्बको नयाँ हो । 

    उक्त ट्रेजरी विल २८ दिनको लागि आगामी बैशाख ५ गते परिपक्क हुनेछ भने ९१ दिनको आगामी असार ५ गते परिपक्क हुनेछ । त्यस्तै, १८२ दिनको असोज २ गते परिपक्क हुनेछ भने ३६४ दिनको अगामी चैत ६ गते परिपक्क हुनेछ । 

    यो ट्रेजरी विल सोमबार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागीता हुन सक्नेछन् ।   

     

     

     


    images
    images

    Logo