images
images

ईङवा हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय थपियो


  • 345
    SHARES
  • २०७९ चैत्र ५ गते आइतबार

    ईङवा हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय थपियो

    काठमाडौं । ईङवा हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय थप गरिएको छ । फागुन २१ गतेदेखि निष्काशन गरिएको सो आईपीओमा स्थानिय बासिन्दाहरुले अब चैत २० गतेसम्म आवेदन दिन सक्नेछन्।

    स्थानीयका लागि म्याद थप गरिएतापनि वैदेशिक रोजगारमा रहेका नेपालीका लागि भने उक्त आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । 

    कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता र वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि १ लाख २० हजार कित्ता निष्काशन गरेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरिने शेयरमा ताप्लेजुङ्ग जिल्लाको सिदिङ्गवा गाउँपालिका वडा नं। ३, पाँचथर जिल्लाको याङवरक गाउँपालिका वडा नं २ र वडा नं ३ का बासिन्दाहरुले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

    उक्त आईपीओमा लगानीकर्ताले १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्का लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई बैंकिङ्ग लिमिटेड रहेको छ।


    images
    images

    Logo