images
images

माघ महिनामा १० अर्बले बढ्यो मुद्दति निक्षेप संकलन 


  • 318
    SHARES
  • २०७९ चैत्र ३ गते शुक्रबार

    माघ महिनामा १० अर्बले बढ्यो मुद्दति निक्षेप संकलन 

    काठमाडौं । माघ महिनामा मुद्दति निक्षेप संकलन ०.३४ प्रतिशतले बढेको छ । पुस महिनामा ३१ खर्ब ९८ अर्ब रुपैयाँ रहेको संकलन माघ महिनामा बढेर ३२ खर्ब ९ अर्ब पुगेको छ । 

    पुस महिनामा ११.०६ प्रतिशत लागतमा मुद्दति निक्षेप उठाइरहेका बैंक तथा वित्तीय संस्थाहरु माघ महिनामा पनि सोही लागतमा १० अर्ब ८० करोड रुपैयाँ बढी उठाउन सफल भएका छन् । 

    रकम बढेको भएतापनि कुल निक्षेप संकलनमा मुद्दती निक्षेप दर घटेको छ । माघ महिनामा मुद्दति निक्षेप कुल संकलनको को ५९.५९ प्रतिशत रहेको छ । पुसमा सो दर ५९.६७ प्रतिशत थियो । 

    त्यस्तै, माघ महिनामा कुल निक्षेप संकलनको २५.२८ प्रतिशत वचत निक्षेप, ८.०८ प्रतिशत चल्ती निक्षेप र ५.९३ प्रतिशत कल निक्षेप रहेको छ । 

    माघमा बैंक तथा वित्तीय संस्थाहरुले क्रमशः ६.९३ प्रतिशत र २.६२ प्रतिशत लागतमा वचत र कल खातामा क्रमशः १३ खर्ब ७७ अर्ब र ४ खर्ब २७ अर्ब संकलन गरेका छन् । पुस महिनामा वचत निक्षेपको लागत ७.४४ प्रतिशत र कल निक्षेपको लागत २.८३ प्रतिशत रहेको थियो । सो दरमा पुस महिनामा क्रमशः १३ खर्ब ५५ अर्ब र ३ खर्ब १३ अर्ब रुपैयाँ वचत र कल निक्षेप संकलन भएको थियो । 

    ८.४१ प्रतिशत भारित औसतमा निक्षेप संकलन गरेका बैंक तथा वित्तीय संस्थाहरुले माघ महिनामा १३.०३ प्रतिशतमा कर्जा प्रवाह गरेका छन् । 


    images
    images

    Logo