काठमाडाैं । ७ महिनाको अवधिमा वाणिज्य बैंकहरुले ४१ अर्ब बढी नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार आर्थिक वर्ष २०७९/८० को ७ महिनामा २१ वाणिज्य बैंकहरुले कुल ४१ अर्ब २९ करोड लाख नाफा कमाएका हुन् । जसमध्ये प्रभु बैंकको भने विवरण सार्वजनिक गरेको छैन ।
यो नाफा अघिल्लो महिनासम्ममा वाणिज्य बैंकहरुले कमाएको नाफाभन्दा २१.५६ प्रतिशत बढी हो । अघिल्लो महिनामा यस्तो नाफा ३३ अर्ब ७५ करोड रुपैयाँ थियो ।
राष्ट्र बैंकको विवरण अनुसार माघ महिनासम्मको वित्तीय विवरण वाणिज्य बैंकहरुले ४१ अर्ब २९ करोड रुपैयाँ, विकास बैंकहरुले ३ अर्ब १९ करोड रुपैयाँ र वित्त कम्पनीहरुले ६२ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार यो अवधिमा नाफा कमाउने वाणिज्य बैंकहरुमध्ये सबैभन्दा शीर्ष स्थानमा नबिल बैंक रहेको छ । बैंकले यो अवधिमा ४ अर्ब १३ करोड नाफा कमाएको तथ्यांकमा उल्लेख छ । त्यस्तै दोस्रो स्थानमा एनआईसी एसिया बैंक रहेको छ जसको नाफा ३ अर्ब ६७ करोड रुपैयाँ रहेको छ ।
यो अवधिमा सबैभन्दा कम नाफा कमाउने बैंकमा कृषि विकास बैंक र सिभिल बैंक रहेका छन् । ती बैंकहरुको नाफा क्रमशः १० करोड र ७७ करोड ७० लाख रुपैयाँ रहेको छ ।
कुन बैंकको नाफा कति ?
नबिल बैंक : ४ अर्ब १३ करोड
एनआईसी एशिया : ३ अर्ब ६७ करोड
ग्लोबल आइएमई बैंक :३अर्ब ५५ करोड
राष्ट्रिय वाणिज्य बैंक : ३ अर्ब ६ करोड
नेपाल इन्भेष्टमेन्ट बैंक : ३ अर्ब ७ करोड
एनएमबि बैंक :२ अर्ब २३ करोड
स्टयाण्डर्ड चार्टर्ड बैंक : २ अर्ब २ करोड
प्राइम कमर्सियल बैंक : १ अर्ब ९९ करोड
एभरेष्ट बैंक : १ अर्ब ८८ करोड
नेपाल बैंक : १ अर्ब ७० करोड
सानिमा बैंक : १ अर्ब ५३ करोड
कुमारी बैंक : १ अर्ब ५३ करोड
नेपाल एसबिआई बैंक : १ अर्ब ४५ करोड
सिद्धार्थ बैंक : १अर्ब ३८ करोड
हिमालयन बैंक : १ अर्ब २९ करोड
लक्ष्मी बैंक : १ अर्ब २८ करोड
माछापुच्छ्रे बैंक : १ अर्ब १७ करोड
सिटिजन्स बैंक : १ अर्ब २ करोड
सनराइज बैंक : ८६ करोड
सिभिल बैंक : ७७ करोड
कृषि विकास बैंक : १० करोड



