काठमाडौं । सनराइज बैंकको संस्थापक शेयर विक्रीमा रहेको छ । बैंकले संस्थापक शेयरधनी श्रकृष्ण मानन्धरको नाममा रहेको कुल २ लाख ६३ हजार ४ सय ९६ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो ।
उक्त शेयरको मूल्य न्युनतम १ सय २५ रुपैयाँ मूल्य तोकिएको बैंकले जनाएको छ । इच्छुक लगानीकर्ताले आफुले लिन चाहेको कित्ता र के कति रेटमा किन्ने हो सो को समेत विवरण खुलाई सुचना प्रकाशन भएको मितिले ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय गैह्रिधारा काठमाडौंमा निवेदन पेश गर्न बैंकले अनुरोध गरेको छ ।
तोकिएको समयमा संस्थापक शेयरधनीबाट आवेदन नपरेमा बैंकले अन्य व्यक्ती तथा संस्थालाई विक्री गर्ने समेत जनाएको छ ।