काठमाडौं । चैत १ गतेदेखि लागु हुने गरि विकास बैंकले पनि ब्याजदर घटाउने भएका छन् । आज बसेको डेभलपमेन्ट बैंकर्स एशोसिएसन (डिबान) को बैठकले चैत देखि लागु हुनेगरि ब्याजदर घटाउने निर्णय गरेका हुन् ।
अहिले मुद्दती निक्षेपमा ११.७५ प्रतिशत ब्याज दिँदै आएका छन् भने अव ०.१५ प्रतिशत विन्दुले घटाएर ११.६० प्रतिशत दिने निर्णय गरेका छन् । यो एक वर्ष वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दति निक्षेपमा लागु हुन्छ।
यस्तै विकास बैंकहरुले चैतमा संस्थागत मुद्दति निक्षेपको ब्याजदर घटाएर ९.५० र रेमिट्यान्समा १२.५० प्रतिशत ब्याजदर कायम गरेका छन्। फागुनमा संस्थागतर्फ ९.७५ र रेमिट्यान्समा १२.७५ प्रतिशत ब्याजदर कायम गरेका थिए।
चैतमा बचतको ब्याजदर ०.१५ प्रतिशतले घटेको छ । फागुनमा बचतको न्यूनतम ब्याजदर ६.७५ प्रतिशत रहेकोमा चैतका लागि यस्तो ब्याजदर न्यूनतम ६.६० प्रतिशत कायम रहने छ ।



