images
images

अन्तिम ऋणदाता सुविधामा राष्ट्र बैंकको कडाइ, व्याज पनि बढ्यो


  • 339
    SHARES
  • २०७९ फाल्गुण २८ गते आइतबार

    अन्तिम ऋणदाता सुविधामा राष्ट्र बैंकको कडाइ, व्याज पनि बढ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तिम ऋणदाता सुविधासम्बन्धी व्यवस्थामा कडाय गरेको छ । आइतबार बैंकले राष्ट्र बैंकले अन्तिम ऋणदाता सुविधासम्बन्धी विनियमावली २०७९ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । विनियमावलीले यस्तो सुविधामा हाल लाग्दै आएको व्याजदरलाई समेत २ प्रतिशत विन्दुले बढाएको छ ।   

    इजाजतपत्रप्राप्त संस्थाले अन्तिम ऋणदाता सुविधा लिँदा आगामी ६ महिनाको नगद प्रवाह प्रक्षेपण (पहिलो ४ हप्ताको लागि दैनिक नगद प्रवाह प्रक्षेपण र ४ हप्तापछि ६ महिनासम्म साप्ताहिक नगद प्रवाह प्रक्षेपण) पेश गनुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै, विभिन्न समयावधिको सम्पत्ति तथा दायित्वको विवरण (पहिलोदिन, १–७ दिन, ८–१४ दिन, १५–३० दिन, ३०–९० दिन, ९०–१२० दिन र १२०दिनभन्दा अधिक), निक्षेप तथा अन्य अल्पकालीन दायित्वको विवरण (आकार, प्रकार तथा समयावधिको आधारमा सूची), पुनरुत्थानसम्बन्धी कार्ययोजना तथा अन्तिम ऋणदाता सुविधाबाट वहिर्गमन रणनीति समेत बनाएर पेश गर्नुपर्ने नयाँ विनियमावलीमा व्यवस्था गरिएको छ । 

    यसअघि अन्तिम ऋणदाता सुविधा बैंक दरमै दिने व्यवस्था रहेकोमा अहिले यसलाई बढाएर २ प्रतिशत पेना दर थप गर्ने व्यवस्था गरिएको छ । अन्तिम ऋणदाता सुविधा उपयोग गर्ने इजाजतपत्रप्राप्त संस्थालाई तोकिएका शर्तहरूको अनुपालना भए÷नभए सम्बन्धमा नियमित अनुगमन हुने बैंकले जनाएको छ । 


    images
    images

    Logo