images
images

१५ अर्बको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक, ५ अर्बको नयाँ 


  • 358
    SHARES
  • २०७९ फाल्गुण २८ गते आइतबार

    १५ अर्बको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक, ५ अर्बको नयाँ 

    काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्बको ट्रेजरी विल जारी गर्ने भएको छ । बैंकले सोमबार सो रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको हो । 

    बैंकले २८ दिनको लागि ५ अर्ब रुपैयाँको नयाँ ट्रेजरी विल जारी गर्ने भएको छ भने ९१ दिनको लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने लागेको हो ।  त्यस्तै, ३६४ दिनको लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । 

    उक्त ट्रेजरी विल २८ दिनको चैत २८ गते परिपक्क हुनेछ भने ९१ दिनको आगामी जेठ ३० गते परिपक्क हुनेछ । त्यस्तै, ३६४ दिनको अगामी फागुन २९ गते परिपक्क हुनेछ । 

    यो ट्रेजरी विल सोमबार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागीता हुन सक्नेछन् ।   


    images
    images

    Logo