images
images

सगरमाथा र लुम्बिनी इन्स्योरेन्सले गरे एकिकृत कारोबारको मिति तय


  • 520
    SHARES
  • २०७९ फाल्गुण २६ गते शुक्रबार

    सगरमाथा र लुम्बिनी इन्स्योरेन्सले गरे एकिकृत कारोबारको मिति तय

    काठमाडौं । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले एकिकृत कारोबारको मिति तय गरेका छन् । मर्जर प्रकृयामा रहेका यी दुई कम्पनीले फागुन २९ गतेदेखि एकिकृत कारोबार गर्ने भएका हुन् । 

    यी दुबै कम्पनी एक आपसमा १००ः८० को अनुपातमा मर्जरमा जाने सहमति गरेका छन् । मर्जर पछि सो कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु गर्ने भएका छन् । 

    यी दुबै कम्पनीलाई बीमा प्राधिकरणले फागुन १६ गते तथा नेपाल धितोपत्र बोर्डले फागुन २३ गते मर्जरको लागि अन्तिम स्वीकृति दिएको थियो। मर्जर पछि कम्पनीको कम्पनीको सञ्चालक समितिको अध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट मनोहर दास मूल र प्रमुख कार्यकारी अधिकृतमा सगरमाथा इन्स्योरेन्स कम्पनीका सीईओ चंकी क्षेत्री नै हुने भएका छन् ।

     मर्जर पश्चात कायम हुने कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ ।


    images
    images

    Logo