काठमाडौं । २ इन्स्योरेन्स कम्पनीले एकिकृत कारोबारको मिति तय गरेका छन् । मर्जरको प्रकृयामा रहेका सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सले चैत ९ गतेदेखि एकीकृत कारोबार गर्ने भएका हुन् ।
यी दुई कम्पनी बिच १ः१ को अनुपातमा मर्जमा जाने सहमति भएको छ । उक्त कम्पनीहरुले गत असार २९ गते मर्जरका लागि प्रारम्भिक सम्झौता गरेका थिए भने फागुन १८ गते नेपाल बीमा प्राधिकरणबाट अन्तिम स्वीकृति पाएका थिए ।
हाल सानिमाको चुक्ता पूँजी २ अर्ब ८ करोड रुपैयाँ छ भने रिलायन्सको २ अर्ब १० करोड रुपैयाँ रहेको छ । मर्जर पछि कम्पनीको चुक्त पुँजी ४ अर्ब १८ करोड रुपैयाँ नाघ्ने छ ।
प्राधिकरणले बीमा कम्पनीहरुलाई मर्जरमा जान दवाव दिए सँगै सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सले सहमति जुटाएका हुन् । यि दुई कम्पनीको मर्जर पछि बीमा प्राधिकरणले तोकेको न्युनतम चुक्ता पूँजी पुर्याउन केहि प्रतिशत हकप्रद शेयर जारी गर्नु पर्नेछ । प्राधिकरणले जीवन बीमा कम्पनीको न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ तोकेको छ ।



