काठमाडौं । आज अथात् (शुक्रबार) सम्ममा बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा ६९ करोड ३६ लाख ३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
आज दिँउसो सम्ममा ६ लाख २२ हजार ७ सय २० जनाले ६९ लाख ३६ हजार ३० कित्ताका लागि आवेदन दिएका हुन् ।यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ८५.६८ गुणा बढी आवेदन हो ।
बिपिडब्लु लघुवित्तले सर्वसाधारण लगानीकर्तालाई बिहीबारदेखि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले आफ्नो जारी पुँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशत हुन आउने ९७ लाख रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको हो ।
त्यसमध्ये ९ हजार ७ सय कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा बाँडफाँड गरिसकेको छ भने १ हजार ५ सय कित्ता शेयर कर्मचारीहरु तथा ४ हजार ८ सय ५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणलाई बाँकी रहेको ८० हजार ९ सय ५० कित्ता शेयर मात्रै वितरण हुनेछ ।



