images
images

२ इन्स्योरेन्स कम्पनीले पाए मर्जरका लागि अन्तिम स्वीकृति


  • 383
    SHARES
  • २०७९ फाल्गुण १८ गते बिहीबार

    २ इन्स्योरेन्स कम्पनीले पाए मर्जरका लागि अन्तिम स्वीकृति

    काठमाडौं । २ इन्स्योरेन्स कम्पनीले मर्जरका लागि नेपाल बीमा प्राधिकरणबाट अन्तिम स्वीकृति पाएका छन् । मर्जरको प्रकृयामा रहेका सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सले प्राधिकरणबाट अन्तिम स्वीकृति पाएका हुन् ।

    यी दुई कम्पनी बिच १ः१ को अनुपातमा मर्जमा जाने सहमति भएको छ । उक्त कम्पनीहरुले गत असार २९ गते मर्जरका लागि प्रारम्भिक सम्झौता भएको थियो । हाल सानिमाको  चुक्ता पूँजी २ अर्ब ८  करोड रुपैयाँ छ भने रिलायन्सको २ अर्ब १०  करोड रुपैयाँ रहेको छ । मर्जर पछि कम्पनीको चुक्त पुँजी ४ अर्ब १८ करोड रुपैयाँ नाघ्ने छ ।

    प्राधिकरणले बीमा कम्पनीहरुलाई मर्जरमा जान दवाव दिए सँगै सानिमा  र रिलायन्स लाइफ  इन्स्योरेन्सले सहमति जुटाएका हुन् । यि दुई कम्पनीको मर्जर पछि बीमा प्राधिकरणले तोकेको न्युनतम चुक्ता पूँजी पुर्याउन केहि प्रतिशत हकप्रद शेयर जारी गर्नु पर्नेछ । प्राधिकरणले जीवन बीमा कम्पनीको न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ तोकेको छ ।


    images
    images

    Logo