काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य आजपनि बढेको छ । बिहीवार छापावाला सुनको मूल्य १ लाख २ हजार ६ सय रुपैयाँ तोकिएको छ ।
बुधवार प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँ रहेको सुनको मुल्य आज ३ सय रुपैयाँले बढेर १ लाख २ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँ कायम गरिएको छ भने चाँदी प्रतितोला १ हजार २ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।