काठमाडौं । प्रदेश १ को नाम कोशी पारित भएको अवसरमा प्रदेश सरकारले आज बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने घोषणा दिएको छ।
बुधबारराती बसेको प्रदेश १ को मन्त्रिपरिषद बैठकले प्रदेशको नाम कोशी नामकरण भएको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार प्रदेशभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थाहरूमा बिदा हुनेछ ।