images
images

करेन्ट लागेर बालिकाको मृत्यु भएपछि हाइड्रोपावर तोडफोड


  • 211
    SHARES
  • २०७९ फाल्गुण १७ गते बुधबार

    करेन्ट लागेर बालिकाको मृत्यु भएपछि हाइड्रोपावर तोडफोड

    काठमाडौं । करेन्ट  लागेर बालिकाको मृत्यु भएपछि स्थानीयवासीले सिन्धुपाल्चोकको जुगलस्थित एक हाइड्रोपावर तोडफोड गरेका छन् । 

    सोमबार गुम्बाको मानेभन्ज्याङमा रहेको नेपाल विद्युत प्राधिकरणको प्रशारण लाइनमा करेन्ट लागेर स्थानीय एक बालिकाको मृत्यु भएको थियो । घटनापछि करिब ६० जनाको समूहले निर्माणाधिन न्यासिम हाइड्रोपावरमा तोडफोड, आगजनी गर्नुका साथै कर्मचारीमाथि आक्रमण समेत गरेको कम्पनीले जनाएको छ । 

    आक्रमणबाट परियोजनामा कार्यरत ७ जना इन्जिनियर घाइते भएको, क्रसरमा आगजनी हुनुका साथै ट्रिपर, स्काइभेटर समेत तोडफोड भएको जनाइएको छ । उक्त तोडफोडबाट आयोजनामा १२ करोडको क्षति पुगेको कम्पनीको दावी छ । आक्रमणको कारणले उत्पादन सुरु हुने मिति कम्तीमा एक बर्ष धकेलिने अवस्थाको सिर्जना भएको समेत कम्पनीले दावी गरेको छ ।    

    ३५ मेगावाट क्षमताको उक्त हाइड्रोपावर हालसम्म सञ्चालनमा आइसकेको छैन । २०८१ असारमा सक्ने लक्ष्य राखी निर्माण थालिएको आयोजनामा आक्रमण भएपछि कम्पनी तथा स्वतन्त्र ऊर्जा उत्पादक संघ (ईपान) ले आपत्ति जनाएका छन् । साथै उनीहरुले दोषीमाथि कारवाही माग गर्दै घटनाबाट भएको नोक्सानीको क्षतिपूर्तिसमेत माग गरेका छन् । 


    images
    images

    Logo